
काठमाडौं - संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । दिउँसो सवा १ बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललेबाट वैशाख १९ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा आज र भोलि छलफल हुनेछ । आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२ ०८:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय