Harsamaya
टिआरसीबारे प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल
प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , प्रधानमन्त्रीका संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकार अग्नीप्रसाद खरेल र माओवादी सचिव वर्षमान पुन ।

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको छ। 

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उक्त भेटवार्ता भएको हो ।

उक्त भेटमा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका बारेमा छलफल भएको बताइएको छ । 

सो भेटमा प्रधानमन्त्रीका संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकार अग्नीप्रसाद खरेल र माओवादी सचिव वर्षमान पुन पनि सहभागी रहेका थिए ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update