Harsamaya
संयुक्त समितिद्वारा नयाँ संसद भवनको अवलोकन 
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)समितिले नयाँ संसद भवनको अवलोकन ।

काठमाडौं - राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)समितिले नयाँ संसद भवनको अवलोकन गरेका छन् । आइतबार सिंहदरबार परिसरभित्र निर्माणाधीन भवनको समितिका सभापति ठाकुर गैरेसहितको टोलीले अवलोकन गरेको हो ।

अवलोकनपछि सञ्चारकर्मीहरूसँग सभापति गैरेले उनले ०८२/८३ को वार्षिक बजेट यही हलबाट प्रस्तुत हुन्छ भनेर मन्त्रीले जबाफ दिएको भएतापनि अझै मन्त्रालयले दुई सय दिन थपेर यसलाई पूरा गर्नेतर्फ जान खोजेको बताए । तीन सिफ्टमा काम नगरेसम्म दुई सय दिन थपेर पनि काम पूरा हुने नदेखिएको उनको भनाई छ । 

उनले भने,‘मन्त्रीज्यूले हामीले तीन सिफ्टमा काम गराउँछौं । ०८२/८३ को वार्षिक बजेट यही हलबाट प्रस्तुत हुन्छ भन्नुभएको थियो । तर मन्त्रालयले दुई सय दिन थपेर यसलाई पूरा गर्नेतर्फ जान खोजेको छ । त्यो दुई सय दिनमा काम गर्न पनि तीन सिफ्टमा काम नगरेसम्म सम्पन्न गर्न सक्ने अवस्था म देख्दिन ।’

त्यस्तै, उनले म्याद थपअघि दिनदिनै पूरा गर्ने कामको क्यालेण्डरको चार्टसहित तयार पार्न समितिमा आएर छलफल गर्नका लागि मन्त्रालयलाई निर्देशन समेत दिए । 
 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १५:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update