
काठमाडौं - नागढुंगा–नौबिसे खण्ड यही वैशाख २२ गतेदेखि राति बन्द गरिने भएको छ । त्रिभुवन राजपथको नागढुंगा–पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले सो सडक बन्द गर्न लागिएको हो ।
जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गर्दै वैशाख २२ देखि वैशाख ३१ गते राति ११ बजेदेखि ३ बजेसम्म उक्त सडकमा सवारीसाधन आंशिक रूपमा रोकी निर्माण गर्नुपर्ने भएकले सडक बन्द गर्नुपर्ने जानकारी गराएको छ ।
काठमाडौंबाट जाने सवारीसाधन नागढुङ्गा चेकपोस्टमा रोकिने र नौबिसेबाट काठमाडौंतर्फ आउने सवारीसाधन खत्रपौवा पुलमा रोकिने भएका छन् ।
आयोजनाले सीतापाइला–भीमुढंगा–रामकोट–धार्के सडक तथा सामाखुशी–टोखा–गुर्जेभञ्ज्याङ छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न पनि अनुरोध गरेको छ ।
सो स्थानमा रोकिएका सबै सवारीसाधनलाई बिहान ३ बजेपछि मात्र छाडिने जनाइएको छ ।