Harsamaya
सर्वोच्चका कर्मचारीले लेखेको पत्रको प्रसंग कोट्याउँदै शेखरले भने- ‘अब त बुझ्नुभो सरकार कसरी चलिरहेको छ’
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला ।

काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सरकारको आलोचना गरेका छन् । उनले ठूला भ्रष्टाचारीलाई उन्मुक्ति दिने र साना कर्मचारीलाई मात्र दोषी देखाउने प्रयत्न गरेको भन्दै आलोचना गरेका हुन् ।  

नवलपरासीको कावासोतीस्थित डण्डामा शनिबार काँग्रेस निकट नेपाल थारू संघको जिल्ला अधिवेशन उद्घाटन क्रममा उनले एउटा गभर्नर बनाउन नसक्ने कस्तो सरकार भन्दै प्रश्न गरेका छन् । 

‘एउटा गर्भनर बनाउन नसक्ने यो कस्तो सरकार हो ? दण्डहीनता बढेको बढ्यै छ । एउटा सर्वोच्च अदालतको अधिकृतले लेखेको पत्रका आधारमा रेशम चौधरी समातिएर छुटे,’ उनले भने,  ‘हेर्नुस त, कुशासनको उत्कृष्ट नमुना यही हो ।’उनले भने,  ‘अब त बुझ्नुभो सरकार कसरी चलिरहेको छ ।’ 

आगामी निर्वाचनमा एमालेसँगै प्रतिस्पर्धा गर्नुपर्ने भएकाले सत्तामा लामो समय रहनु कांग्रेसको हितमा नहुने उनले बताए । जोसँग भोलि निर्वाचनमा गएर प्रतिस्पर्धा गर्नुछ, उसैसँग सत्ता सहकार्य गर्नु हुँदैन भन्ने कुरामा कांग्रेस अब एक हुनुपर्ने उनले बताए ।


कोइरालाले देश र सत्ता सञ्चालनका लागि राजनीतिक संयन्त्र बनाउने कार्य कदापि प्रजातान्त्रिक नहुने पनि जिकिर गरे ।

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  २०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update