एनआरएनएको एकता महाधिवेशन आजबाट 
                            
                            
                                                        
                                                    
                                                            काठमाडौं - गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनको उद्घाटन आज हुनेछ ।
शनिबारदेखि सोमबारसम्म (२०–२२ वैशाखमा) राजधानीको हायात होटलमा महाधिवेशन हुन लागेको हो ।
एकता महाधिवेशनमा भाग लिन विश्वभरका एनआरएनहरु काठमाडौंमा भेला भइ रहेका छन् । महाधिवेशनमा २ हजार ६४३ जना प्रतिनिधि सहभागी हुनेछन् ।
शनिबार महाधिवेशनको उद्घाटनपछि मनोनयन दर्ताको समय तोकिएको छ । आइतबार मतदान गर्ने कार्य तालिका रहेको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  ०७:३४
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
