Harsamaya
सरकार र शिक्षक महासंघबीचको वार्ता दिउँसो २ बजे, निष्कर्षमा पुग्ला ?
शिक्षकहरू र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमामन्त्री रघुजी पन्तबीच भएको वार्ता ।

काठमाडौं - सरकार र आन्दोलनरत शिक्षक महासंघबीचमा आज पनि वार्ता हुँदैछ ।

हिजो राती अबेरसम्म भएको वार्ता निष्कर्षमा नपुगेपछि आज दिउँसो २ बजेबाट पुनः वार्ता हुन लागेको हो । सो वार्ता शिक्षा मन्त्रालयमा हुनेछ ।

नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाका अनुसार महासंघले प्रस्तुत गरेको ९ बुँदे प्रस्तावका बारेमा टुंगोमा पुग्ने र सोही टुंगोमा पुगेपछि पहिलो चरणमा मन्त्रीपरिषद्‍बाट निर्णय गराउने योजना रहेको छ ।

दोस्रो चरणमा भने संसदबाट विधेयक पारित गराउने सर्तमा आज मन्त्रालयमा पुनः वार्ता हुन लागेको हो ।

यद्यपि, वार्ता जारी रहे पनि काठमाडौं केन्द्रित आन्दोलन भने बिहान ११ बजे देखि नै नयाँ बानेश्वर–माइतीघर खण्डमा जारी रहेको अध्यक्ष लक्ष्मी किशोर सुवेदीले जानकारी दिए । 

 

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  ११:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update