Harsamaya

काठमाडाैं - नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबिच आज एकता घोषणा हुँदै छ । दुवै दलको यसअघिको सहमति अनुसार आज कमलादीस्थित प्रज्ञाप्रतिष्ठानको हलमा आयोजना गरि  बिहान ११ बजे एकता भएको घोषणा गर्न लागिएको हो । 

कार्यक्रममा पार्टीका सबै तह र संघ सङ्गठनलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । दुई पार्टी एकता भएपछि नागरिक जनमत पार्टी बन्ने छ । जसको अध्यक्ष जनमतका सीके राउत र सह अध्यक्ष नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ बन्नेछिन् । रेशम चौधरी नयाँ बन्ने पार्टीमा पनि संरक्षककै भूमिकामा रहने सहमति भएको छ ।

वरीयतामा भने उनी पहिलो स्थानमा हुनेछन् । त्यसपछि सीके र श्रेष्ठ रहने सहमति भएको छ । जनमतसँग ६ जना र नाउपासँग ४ जना प्रतिनिधि सभा सदस्य छन् । एकतापछि यो दल  प्रतिनिधि सभाको सिटको आधारमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी बराबर हुनेछ ।

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  ०८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update