Harsamaya
३० हजार घुस लिने सईविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
विशेष अदालत काठमाडौं । तस्वीर: हर समय/Har Samaya

काठमाडौं - ३० हजार घुस रकमसहित पक्राउ परेका एकजना प्रहरी नायब निरीक्षकविरुद्ध मुद्दा दर्ता गरिएको छ। 

अख्तियार दुरूपयोग अनु्सन्धान आयोगले रूपन्देहीको प्रहरी चौकी हाटी बनगाई दुर्गौलियामा कार्यरत सई खिमबहादुर खड्काविरुद्ध मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

रूपन्देहीको दुर्गौलिया नाका हुँदै भारतबाट अवैध रूपमा घरायसी सामान भित्र्याउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट ३० हजार घुस लिइसकेको अवस्थामा उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा घुस लिएको पुष्टि भएपछि खड्काविरुद्ध ३० हजार बिगोसहित सजायको माग गर्दै मंगलबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको अख्तियारले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  १९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update