Harsamaya
काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको यात्रुबाहक बस  दुर्घटना
काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको यात्रु बाहक बस  दुर्घटना ।

झापा - काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको यात्रु बाहक बस  दुर्घटनामा परेको छ । आज बिहान ४ः४० बजे झापा दुधे–माइधार सडक खण्डको मिलन चोकमा दुर्घटनामा परेको होे । उक्त बसमा मेचीनगरका १३ जना शिक्षकसहित २३ जना यात्रु सवार थिए । दुर्घटनामा परेका केही यात्रुहरु सामान्य घाइते भएका छन्। घाइतेहरूको हाल बिर्तामोडस्थित बीएण्डसी हस्पिटल र बिर्ता सिटी हस्पिटलमा उपचार भइरहेको छ । 

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  ०७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update