Harsamaya
ओजपूर्ण अभिव्यक्तिले नै लोकतन्त्र सफल हुन्छ : सांसद विष्ट
नेकपा एमालेका सांसद गोर्कण विष्ट।

काठमाडौं - नेकपा एमालेका सांसद गोर्कण विष्टले देशलाई सहि बाटोमार्फत र जनतामा आशा जगाउने हिसाबले अगाडि बढ्न जरुरी रहेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अधिकतम भन्दा अधिकतम सहमति, समझदारी र मर्यादाका आधारमा समाधान खोज्ने गरी काम गर्न आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘हामीले अधिकतम भन्दा अधिकतम सहमति, समझदारी र मर्यादाका आधारमा समाधान खोज्ने गरी काम गर्न सक्नुपर्छ । केही अराजकता, अस्थिरता चाहने शक्तिहरुले नेपाली समाजलाई दिशा विहीन बनाउने कोसिस गरिरहेका छन् । तर जनताले हामीलाई सुम्पिएको दायित्व भनेको देशमा देखापर्ने सम्भाविता, अराजकता र अस्थिरतालाई संवैधानिक कानुनी हिसाबले नियन्त्रण गर्दै देशलाई सही बाटोबाट अगाडि लैजाने र जनतामा आशा जगाउने हिसाबले अगाडि बढाउन जरुरी छ ।’

साथै उनले सांसदहरूले नै व्यक्त गर्ने ओजपूर्ण अभिव्यक्तिले नै देशको लोकतन्त्र सफल हुन सक्ने बताए । उनले सरकारले आमजनताका समस्याहरू समाधान गर्ने गरी, सम्भावनाको अधिकतम उपयोग र चुनौतीहरूलाई सामना गर्नेगरी नीति कार्यक्रम र बजेट ल्याउनुपर्ने बताए ।

उनले भने, ‘सांसदहरूले नै व्यक्त गर्ने ओजपूर्ण अभिव्यक्तिले नै देशको लोकतन्त्र सफल हुन सक्दछ । संसदीय मर्यादा बलियो हुन सक्छ । सरकारले आम जनताका समस्याहरू समाधान गर्नेगरी, सम्भावनाको अधिकतम उपयोग र चुनौतीहरूलाई सामना गर्नेगरी नीति कार्यक्रम र बजेट ल्याएर जनताका बीचमा आशा जगाउने छ । उत्पन्न भएका अनेकौँ संकटको समाधान लोकतन्त्रको अभ्यासद्वारा नै आशा जोगाउन आवश्यक छ ।’  
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update