जुनीचाँदे गाउँपालिकाका उपाध्यक्षद्धारा मदिरा सेवन गरेर कार्यालय तोडफोड
                            
                            
                                                        
                                                    
                                                            जाजरकोट - जाजरकोटको जुनीचाँदे गाउँपालिकाका उपाध्यक्ष वीरेन्द्र शाहीले कार्यालय समयमा गाउँपालिकाको योजना शाखामा प्रवेश गरेर कम्प्युटर तोडफोड गरेका छन् ।
मदिरा सेवन गरेर योजना शाखामा गएका शाहीले योजना शाखामा जडान गरेको कम्प्युटर तोडफोड गर्दा क्षति भएको प्रहरीले जनाएको छ ।
तोडफोडबाट दुई थान कम्प्युटर फुटेको प्रहरीले बताएको छ । यो भन्दा अगाडि पनि आफ्नै कार्यकक्षमा मदिरा सेवन गरेर जथाभाबी गरेपनि उनको भिडियो समाचार सञ्जालमा सार्वजनिक भएको थियो ।
गाउँपालिकाका अध्यक्ष बेद बहादुर शाही समेत मदिरा सेवन गरेर कार्यालयमा आउने गरेको आरोप लागेको छ । मदिरा सेवन गरेर तोडफोडमा उत्रिएका शाहीले गाउँपालिकाका अध्यक्षले आफूलाई तोडफोड गर्न लगाएको बताएका थिए
प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १२:०३
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
