 
                                                            काठमाडौं - आज मिति २०८१ चैत २४ गते आइतबार । सूर्योदय बिहान ५ बजेर ४९ मिनेटमा भयो भने सूर्यास्त ६ बजेर २४ मिनेटमा हुनेछ । आज रामनवमी ।
मेष 
काममा केही चुनौती देखिए पनि मेहनत गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले सहयोगका लागि तत्परता देखाउनेछन । मन खुसी रहनेछ ।
वृष 
नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार व्यवसायबाट लाभ हुनेछ । व्यावसायिक यात्रा सम्भावना छ । दाम्पत्य जीवन सुखमय रहनेछ ।
मिथुन 
धेरैले विश्वास गर्नेछन । सोचेको आँटेको काममा सफलता मिल्नेछ । शत्रुहरू पराजित हुनेछन् भने रमाइलो यात्राको योग रहेको छ ।
कर्कट 
समय साथीभाइसँग रमाइलोमा बित्नेछ । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ ।
सिंह 
प्रतिष्ठित काम गर्ने मौका छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । ढिलासुस्तीले काम रोकिनुका साथै मौका गुम्ने भयले सताउनेछ ।
कन्या 
प्रयत्न गर्दा बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न सकिनेछ । महत्वाकांक्षी योजना बिस्तारै फलदायी हुनेछन् ।
तुला 
नसोचेको धन लाभ हुन सक्छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । स्वास्थ्यमा भने केही समस्या देखिन सक्छ ।
वृश्चिक 
आम्दानी प्रशस्तै बढ्नेछ । परिवारसँग मनमुटाव हुने देखिन्छ । आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ ।
धनु 
सोचेको भन्दा आम्दानी धेरै हुँदा मन प्रसन्न रहनेछ । पढाई लेखाइमा प्रगति हुनेछ । सहयोगका नाममा ठगीमा परिने योग भएकाले होसियार रहनुहोला ।
मकर 
व्यापार व्यवसायबाट त्यति लाभ मिल्नेछैन । पढाइ लेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ ।
कुम्भ
सम्पत्तिको लागि घर झगडा हुने देखिन्छ । साथीभाइको सहयोगले आत्मबल बढ्नेछ । आमाको साथले नयाँ कामको थालनी हुनेछ ।
मीन
आफ्नै प्रयासले काममा लाभ मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । पुरानो समस्याले सताउन सक्छ । दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ ।


 
                                                ![जेनजी विद्रोह राजनीतिक कारण मात्र नभइ कर्मचारी प्रशासनको कमजोरी पनि हो : महासचिव प्रकाश राई [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/350X220/prakasha-rai-1761838689.jpg) 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                    