Harsamaya
पार्टी कार्यालयमा राप्रपा सांसद बोहराको अन्तिम श्रद्धाञ्जली
मंगलबार निधन भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य दीपक बोहरालाई अन्तिम श्रद्धाञ्जली दिइएको छ । 

काठमाडौं - मंगलबार निधन भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य दीपक बोहरालाई अन्तिम श्रद्धाञ्जली दिइएको छ । 

बुधबार पार्टी कार्यालयमा उनको पार्थिव शरीर राखी अन्तिम श्रद्धाञ्जली गरिएको हो । बोहराको आज नै पशुपति आर्यघाटमा अन्तिम संस्कार हुनेछ ।

लामो समयदेखि आवाजको थेरापी गराउँदै आएका बोहराको मंगलबार बिहान निधन भएको हो । राप्रपाका नेता बोहराको शव मंगलबार उनको गृहजिल्ला रूपन्देही लगिएको थियो । 

त्यहाँको श्रद्धाञ्जली कार्यक्रम सकिएपछि काठमाडौं ल्याइएको हो । नेता बोहरा २०७९ सालको चुनावमा रूपन्देही क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए । राप्रपाले बोहराको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिन शोक मनाउने भएको छ । 
 

प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update