बैतडीमा एसइईमा १२४ जना अनुपस्थित
                            
                            
                                                        
                                                    
                                                            बैतडी - बैतडीमा यस वर्षको एसइईमा १२४ जना परीक्षार्थी अनुपस्थित भएका छन्। यो वर्षको एसइईको पहिलो दिन नियमिततर्फका ७१ प्राविधिक धारतर्फका १ र ग्रेडवृद्धितर्फका ५२ गरी १२४ जना विद्यार्थी अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्राविधिक सहायक रामचन्द्र भट्टले बताए।
परीक्षा फाराम भरेका तर परीक्षामा उपस्थित नभएका विद्यार्थीको सङ्ख्या १२४ जना रहेको एकाइ प्रमुख भट्टले बताए। विद्यालयमा भर्ना गरेर रोजगारीका लागि भारततिर गएकाहरू, बिहे गरेका वा हाजिर नपुगेकाहरू अनुपस्थित भएका हुन सक्ने शिक्षा विकास तथा समन्वय एकाइ बैतडीले जनाएको छ। जिल्लामा पाँच हजार ३६२ विद्यार्थीले फाराम भरेका थिए ।
 
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  ०८:३४
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
