विषालु च्याउको सेवनले तनहुँमा एकको मृत्यु, नौ जना उपचारपछि खतरामुक्त!
                            
                            
                                                        
                                                     
                                                            दमौली - तनहुँको व्यास नगरपालिका–६ शान्तिटोलमा विषालु च्याउ खाँदा बिरामी परेका एक जनाको मृत्यु भएको छ। म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरको पोखरामा उपचारका क्रममा सोमबार निधन भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
गत शुक्रबार बारीमा उम्रिएको च्याउ खाएपछि १० जना बिरामी परेका थिए। उनीहरूमध्ये नौ जनाको अहिले अवस्था खतरामुक्त रहेको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए। च्याउ विषाक्त रहेको आशंकामा स्वास्थ्यकर्मीहरूले नागरिकलाई सचेत रहन आग्रह गरेका छन्।
विशेषज्ञहरूका अनुसार जंगली च्याउमध्ये केही प्रजाति अत्यन्तै विषालु हुने भएकाले जथाभावी सेवन नगर्न सुझाव दिइएको छ।
प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  ०६:१६
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    

 
                                                 
                                                ![मेनस्ट्रीमका मिडियाले मेरो सामूहिक बलात्कार र हत्या गरे : खगेन्द्र सुनार [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/350X220/Khagendra-1761903117.jpg) 
                                                 
                     
                     
                     
                     
                     
                    