Harsamaya
शिशु स्वास्थ्य प्रवर्द्धनमा डोल्पा अस्पतालको नयाँ पहल: ‘बेबी हेल्थ डायरी’ शुभारम्भ
डोल्पा जिल्ला अस्पतालमा ‘बेबी हेल्थ डायरी’ कार्यक्रम सुरु ।

डोल्पा - डोल्पा जिल्ला अस्पतालले शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै ‘बेबी हेल्थ डायरी’ कार्यक्रमको शुभारम्भ गरेको छ। अस्पताल विकास समितिका अध्यक्ष कमल बहादुर शाहीको अध्यक्षतामा आजदेखि सुरु भएको यस कार्यक्रमले नवजात शिशुहरूको स्वास्थ्य अनुगमनलाई व्यवस्थित गर्ने लक्ष्य राखेको छ।

‘बेबी हेल्थ डायरी’ को प्रयोगले डोल्पा जिल्ला अस्पतालमा जन्मिएका बालबालिकाहरूको जन्मदेखि पाँच वर्षसम्मको स्वास्थ्य अवस्थाको अभिलेख राख्न मद्दत गर्ने स्वास्थ्य सेवा व्यवस्थापक डा. सिजन रावलले बताए । यसले आमा-बाबुलाई नियमित स्वास्थ्य परीक्षण गराउन उत्प्रेरित गर्नुका साथै अस्पतालमा सुरक्षित प्रसूति बढाउने र घरमै गरिने प्रसूति दर घटाउने विश्वास लिइएको रावलको भनाइ छ। जन्मदेखिका सबै कुरा सहज रूपमा थाहा हुने भएकाले यो बहुउपयोगी हुने उनले बताए । 

स्वास्थ्य सेवा कार्यालय डोल्पाले यो कार्यक्रमले स्थानीय आमाहरूलाई अस्पतालमा सुरक्षित प्रसूतिको महत्व बुझाउन र बालबालिकाको स्वास्थ्य संरक्षणमा सचेतना फैलाउन प्रभावकारी हुने अपेक्षा गरेको छ।

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  २१:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update