लागूऔषधसहित २८ जना पक्राउ

काठमाडौं - प्रहरीले अवैध लागूऔषधसहित मुलुकका विभिन्न स्थानबाट २८ जनलाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षद्वारा आज प्रकाशित बुलेटिन अनुसार कैलाली, मकवानपुर, मोरङ, दाङ, उदयपुर, सुर्खेत, झापा, बाँके, सुनसरी र कपिलवस्तु जिल्लाका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ परेकाहरूका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१ १६:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय