Harsamaya
 घरको पिल्लर ढल्दा घाइते भएका बालकको मृत्यु
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

सुनसरी - सुनसरीको गढी गाउँपालिका–५ मा घर निर्माणका क्रममा पिल्लर ढल्दा घाइते भएका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय हारुन साफीका १४ महिनाका छोरा अरमान साफी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक युवराज खतिवडाले जानकारी दिए । 

पिल्लर ढल्दा घाइते भएका बालकको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए । बालकको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  ०८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update