Harsamaya
बिमा बोर्डको कार्यकारी निर्देशकमा डा रघुराज काफ्ले नियुक्त
बिमा बोर्डको कार्यकारी निर्देशक डा रघुराज काफ्ले ।

काठमाडौं - सरकारले डा रघुराज काफ्लेलाई स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको छ । सिफारिस समितिको सुझावका आधारमा छनोटमा परेका तीन जनामध्ये तनहुँका विकास अर्थशास्त्री डा काफ्ले कार्यकारी निर्देशक नियुक्त भएका हुन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको निजी सचिवालयद्वारा दिएको जानकारी अनुसार सिफारिस समितिले आवेदन स्वीकृत भएका १० उम्मेदवारमध्ये  फागुन १८ र १९ गते प्रस्तुतीकरण तथा अन्तर्वार्तापश्चात अन्तिम सूचीमा डा काफ्लेसहित डा कृष्णप्रसाद अधिकारी र कमल पन्थीको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  ०७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update