लम्कीचुहा नगरवासीले केएमसी अस्पतालमा उपचार गर्दा छुट पाउने
कैलाली - लम्कीचुहा नगरपालिकाका नागरिकले काठमाडौं सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार गराउँदा छुट तथा अन्य सुविधा पाउने भएका छन्।
नगरपालिकाका नगरप्रमुख सुशिला शाही र अस्पतालका अध्यक्ष सुनिल शर्माबीच उपचारमा छुट तथा अन्य सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो।
नगरप्रमुख शाहीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै नगरपालिकाको तर्फबाट आफू र अस्पतालका तर्फबाट अध्यक्ष शर्माले सम्झौतापत्रमा संयुक्त रूपमा हस्ताक्षर गरेको बताएकी छिन्।
सम्झौताअनुसार नगरवासीले अस्पतालबाट उपचारसम्बन्धी छुट तथा अन्य सुविधा प्राप्त गर्नेछन्।
नगरप्रमुखले सम्झौता प्रक्रियामा सहयोग गरेको भन्दै अस्पतालका अध्यक्ष शर्मालाई धन्यवादसमेत दिएका छन्।
प्रकाशित मिति: मंगलबार, मंसिर १, २०८३ २०:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

