काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ सालसम्म वर्तमान गठबन्धन जारी रहे माओवादीलाई नै फाइदा पुग्ने बताएका छन् । छ ।
बुधबार प्रेस सेन्टर मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले आफूहरू वर्तमान सरकार ढाल्ने पक्षमा नरहेको र २०८४ साल सम्म वर्तमान गठबन्धन जारी रहे आफूहरूलाई फाइदा पुग्ने बताएका हुन् । उनले आफूहरूलाई सरकारको लोभ नभएको बताउँदै वर्तमान गठबन्धन अस्वभाविक, अपवित्र र कृत्रिम भएकाले आफ्नै कारणले ढल्ने दाबी गरे ।
अध्यक्ष प्रचण्डले सुशासन, स्थायित्व र भ्रष्टाचार नियन्त्रणका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख अपरिहार्य रहेको धारणा राखे । वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रसंग मेल खाने शासकिय स्वरुप प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भएकोले यसमा आफूहरू लागि परेको उनले बताए ।
 


![अहिले एकजुट हुने बेला हो, एकअर्कालाई औंला ठड्याउने बेला होइन : प्रकाशशरण महत [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/800X600/prkasha-saran-(1)-1761741565.jpg) 
                                                        
                                                     
                                                        
                                                     
                                                        
                                                     
                                                        
                                                     
                     
                     
                     
                     
                     
                    