Harsamaya

बझाङ - केदारस्युँ गाउँपालिका–९ सेकुमा भिरबाट लडेर रुखको जरामा अड्किएकी ८४ वर्षीया वृद्धाको सकुशल उद्धार गरिएको छ।

सोही स्थानकी ८४ वर्षीया रत्ना बिष्ट आज दिउँसो बाटोमा हिँड्ने क्रममा बाटोबाट अन्दाजी ५ मिटर तल भिरमा खसेर रुखको जरामा अड्किएकी थिइन्।

घटनाबारे जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट झोताबाट चार जना प्रहरीको टोली घटनास्थलमा खटिएको थियो। प्रहरी टोली र स्थानीयवासीको सहयोगमा दिउँसो अन्दाजी १ः२० बजे वृद्धाको सकुशल उद्धार गरिएको हो।

उद्धारपछि वृद्धा बिष्टलाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २४, २०८३  २२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update