Harsamaya
कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
मौसम पूर्वानुमान महाशाखा ।

काठमाडौं - मंगलबार कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने तथा केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

देशका अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहने अनुमान छ।

मौसम पूर्वानुमानअनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी हिमाली तथा देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराईका क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा देशका बाँकी हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना छ।

यस्तै, मंगलबार राति देशका हिमाली भूभागमा आंशिक बदली रहनेछ भने पहाडी तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ। रातिको समयमा कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ।

प्रकाशित मिति: मंगलबार, असोज २७, २०८३  ०६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update