Harsamaya
सुनसरीमा मोटरसाइकलको ठक्करबाट ४५ वर्षीया महिलाको मृत्यु
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

सुनसरी - सुनसरीको कोशी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

असोज २६ गते दिउँसो करिब १ः५५ बजे कोशी गाउँपालिका–२ स्थित काली मन्दिर नजिकको भित्री सडकमा को २७ प २८५५ नम्बरको मोटरसाइकलले पैदलयात्री ४५ वर्षीया कौसिला यादवलाई ठक्कर दिएको थियो ।

कोशी गाउँपालिका–२ निवासी यादव मोटरसाइकलको ठक्करबाट घाइते भएकी थिइन् । उनलाई उपचारका लागि विराटनगरतर्फ लैजाने क्रममा दिउँसो ३ः१० बजे बाटोमै मृत्यु भएको हो ।

दुर्घटनापछि प्रहरीले मोटरसाइकल र चालक बराहक्षेत्र नगरपालिका–७ निवासी करिब २१ वर्षीय सुमन सदालाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज २६, २०८३  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update