Harsamaya
कोशी र बागमतीमा वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखा ।

काठमाडौं - हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ।

हाल कोशी, मधेश र बागमति प्रदेशमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ। कोशी, मधेश र बागमति प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

आज राति देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । तराईका थोरै भूभागमा बिहानपख हुस्सु लाग्ने सम्भावना छ ।

कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । 
 

प्रकाशित मिति: आइतबार, असोज २५, २०८३  ०६:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update