काठमाडौं - नेपाली कांग्रेसका नेता जगदीश्वरनरसिंह केसीले वाकोट क्षेत्र नं. २ प्रदेशको मतपत्रमा देखिएको हस्ताक्षरप्रति प्रश्न उठाएका छन्।
उनले मतपत्रमा देखिएको हस्ताक्षर एउटै व्यक्तिको हुनसक्ने भन्दै मतदान अधिकृतले यति गैरजिम्मेवार ढंगले हस्ताक्षर गर्न मिल्ने हो कि होइन भन्ने प्रश्न गरेका छन्।
केसीले निर्वाचन अधिकृतले प्राप्त गरेको मतपत्रभन्दा फरक मतपत्र बाहिर छपाएर विभिन्न प्रकारका हस्ताक्षर गरी मतदान गराउने प्रयास भएको आरोपसमेत लगाए। यसमा कांग्रेसका केही सहमहामन्त्रीको समेत भूमिका देखिएको उनको दाबी छ।
क्षेत्रीय प्रतिनिधिले आफैं मतदान गर्न पाउने परिस्थिति बनाउन आफूहरू तयार रहेको भन्दै उनले निर्वाचन प्रक्रिया पारदर्शी र निष्पक्ष बनाउन माग गरेका छन्।
केन्द्रीय निर्वाचन कार्यालयले प्रक्रिया रोक्न पत्राचार गर्दासमेत प्रक्रिया नरोकेको र आर्थिक चलखेलका कारण प्रक्रिया नरोकेको अवस्था आफूहरूले भेटेको आरोपसमेत केसीले लगाएका छन्।

