रसुवा, नुवाकोट, धादिङ र गोरखामा भारी वर्षाको सम्भावना
काठमाडौं - रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन आसपासका केही स्थानमा आगामी असोज ७ गते बिहानसम्म मध्यम वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार असोज ४ गते रातिदेखि असोज ७ गते बिहानसम्म यी जिल्लाका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। गोरखा, रसुवा, नुवाकोट र धादिङका एक–दुई स्थानमा भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत प्रभाव रहेको महाशाखाले जनाएको छ।
पछिल्लो २४ घण्टामा गोरखा, रसुवा, नुवाकोट, धादिङ र चितवन आसपासका थोरै स्थानमा मध्यमसम्म वर्षा मापन भएको छ।
वर्षाका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
प्रकाशित मिति: आइतबार, असोज ४, २०८३ १६:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

