सुकुटेमा बाइक र आईचर ट्रक ठोक्किँदा १४ वर्षीय चालक गम्भीर घाइते
सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको सुकुटे घुमाउनेमा मोटरसाइकल र आईचर ट्रक ठोक्किँदा १४ वर्षीय मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनामा चौतारा साँगाचोकगढी नगरपालिका–९, कोदारी घर भएका १४ वर्षीय अनिल मगर गम्भीर घाइते भएका हुन्। उनलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ।
मोटरसाइकलको पछाडि १७ वर्षीय सबिन मगर सवार रहेका थिए। दुर्घटनामा बा.५३ प ५६४६ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ००४–३७२२ नम्बरको आईचर ट्रक ठोक्किएका हुन्।
दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: आइतबार, असोज ४, २०८३ १६:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

