सप्तरीमा १४ सय किलो गाँजासहित घरधनी पक्राउ
सप्तरी - सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ कटैया गाउँबाट सशस्त्र प्रहरीले १ हजार ४ सय किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म सप्तरी र अन्य सुरक्षा निकायको संयुक्त टोलीले २०८३ असोज ३ गते एक व्यक्तिको घरमा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको ५६ बोरा गाँजा बरामद गरेको हो।
बरामद गाँजासहित घरधनीलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
प्रकाशित मिति: आइतबार, असोज ४, २०८३ १०:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

