वनमा लुकाइराखेको चार नाल भरुवा बन्दुक बरामद
प्यूठान - प्यूठानको माण्डवी गाउँपालिका–३ सल्लीकोटस्थित बासखोला सामुदायिक वनबाट प्रहरीले चार नाल भरुवा बन्दुक बरामद गरेको छ।
शुक्रबार दिउँसो करिब १२ः३० बजे प्रहरी चौकी देविस्थानबाट प्रहरी नायब निरीक्षक शेरबहादुर बुढाथोकीको कमाण्डमा खटिएको प्रहरी टोलीले सामुदायिक वन क्षेत्रमा गस्ती गर्ने क्रममा सालघारी खोल्सामा प्लास्टिकले बेरेर लुकाइराखेको अवस्थामा चार नाल भरुवा बन्दुक फेला पारेको हो।
प्रहरीका अनुसार बरामद भएका चारवटै भरुवा बन्दुक साबुत अवस्थामा रहेका छन्। बन्दुक कसले र कुन प्रयोजनका लागि सामुदायिक वनमा लुकाएर राखेको भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।
बरामद हतियारका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३ १६:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

