काठमाडौं - रसुवाको भोटेकोशी बाढीपछि खोज तथा उद्धारका क्रममा हालसम्म एक हजार शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार फेला परेका शवमध्ये ३० बालक, ३५ बालिका, २०९ महिला, ३७५ पुरुष र ३५१ जनाको पहिचान खुल्न सकेको छैन।
हालसम्म ५२७ शवको लास जाँच मुचुल्का गरिएको छ भने ५६ शव सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ। यस्तै, ५८१ शवको व्यवस्थापन गरिएको प्रहरीको पछिल्लो विवरणमा उल्लेख छ।
बाढी प्रभावित क्षेत्रमा ७ हजार ९१२ जना प्रहरी परिचालन गरिएको छ भने ६५ जना प्रहरी प्रभावित भएका छन्। २५ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेको जनाइएको छ।
यस्तै, नुवाकोट, धादिङ, रसुवा र काठमाडौँका होल्डिङ सेन्टरमा गरी ३ हजार ८४३ जना राखिएका छन्। नुवाकोटमा २ हजार ८६६, धादिङमा २६०, रसुवामा ३९५ र काठमाडौँमा ३२९ जना रहेको विवरण छ।
प्रहरीको विवरणअनुसार बाढीपछि ४ हजार ५९२ जना बेपत्ता भएको विवरण छ। तीमध्ये स्वदेशी २ हजार ८६९ र विदेशी ५८३ जना रहेको उल्लेख छ।

