पैसा राख्ने लकर फेला
धादिङ - धादिङको गल्छी गाउँपालिका–६ बैरेनीस्थित पृथ्वी राजमार्गमा माटोले पुरिएको अवस्थामा पैसा राख्ने लकर फेला परेको छ।
भदौ १३ गते सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक अपार प्याकुरेलको कमाण्डमा खटिएको ९ जनाको टोलीले लकर फेला पारेको हो।
बेसबाट करिब ६ किलोमिटर पूर्वतर्फ माटोमा पुरिएको अवस्थामा भेटिएको लकर स्थानीय जनप्रतिनिधि तथा भद्रभलाद्मीको उपस्थितिमा आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३ १३:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

