भोटेकोशीको बहाव थप बढ्यो, चितवनसम्म सतर्कता अपनाउन आग्रह
काठमाडौं - रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव थप केही बढेको सूचना प्राप्त भएपछि सम्बन्धित क्षेत्रका बासिन्दा तथा उद्धार र राहतमा खटिएकालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाले आइतबार बिहान ७ः२० बजे अद्यावधिक सूचना जारी गर्दै रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतमा खटिएका, नदी तटीय क्षेत्रमा रहेका तथा अन्य सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो।
महाशाखाले भोटेकोशीको बहावमा थप परिवर्तन हुन सक्ने भएकाले सुरक्षित रहन आग्रह गर्दै थप सूचना प्राप्त हुनासाथ अद्यावधिक गरिने जनाएको छ
प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३ ०८:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

