भोटेकोशीको बहाव बढे पनि तत्काल ठूलो बाढीको जोखिम छैन
काठमाडौं - भोटेकोशी नदीमा बाढीको बहाव बढेको सूचनापछि नुवाकोटमा नदीको पानीको सतह केही बढेको भए पनि तत्काल ठूलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
आइतबार बिहान ५ः४५ बजे जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्राप्त सूचनाका आधारमा महाशाखाले रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा तत्काल ठूलो बाढीको जोखिम नरहेको जानकारी दिएको हो।
महाशाखाले नदीको बहावमा भइरहेको परिवर्तनलाई निरन्तर निगरानी गरिरहेको जनाएको छ। यसअघि पनि भोटेकोशी र त्रिशूली नदीमा बहाव बढ्न सक्ने भन्दै नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेको थियो।
प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३ ०६:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

