Harsamaya
मृत्यु हुनेको सङ्ख्या ६५७ पुग्यो, २७ प्रहरी अझै सम्पर्कविहीन

काठमाडौं - रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीमा परी हालसम्म ६५७ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार शनिबार दिउँसो २ः५० बजेसम्म फेला परेका शवमध्ये रसुवामा १३, धादिङमा ४९, गोरखामा ५४, नवलपरासी पूर्वमा १५८, नुवाकोटमा ८९, चितवनमा २३३, तनहुँमा ३१ र नवलपरासी पश्चिममा ४७ जना छन्।

बाढी प्रभावित क्षेत्रमा ४ हजार ८५४ जना प्रहरी परिचालन गरिएको छ। हालसम्म २ हजार ३०१ जनाको उद्धार तथा घाइतेको व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। उद्धार गरिएकामध्ये रसुवाबाट ६०६, नुवाकोटबाट १ हजार ६२२ र धादिङबाट तीन जना रहेका छन्।

बाढीपछि २७ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेको प्रहरीको अद्यावधिक विवरणमा उल्लेख छ।

यस्तै, काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको सङ्ख्या १४० जना पुगेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शनिबार, भदौ १३, २०८३  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update