Harsamaya
रसुवा बाढीमा सिन्धुपाल्चोकका कुन पालिकाबाट कति जना सम्पर्कविहीन ?
त्रिशुली बाढी ।

सिन्धुपाल्चोक - रसुवामा आएको बाढीपहिरोपछि सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानीय तहका २२४ जना सम्पर्कविहीन भएका छन्।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार सबैभन्दा धेरै बाह्रबिसे नगरपालिकाका ५८ जना र भोटेकोशी गाउँपालिकाका ६४ जना सम्पर्कविहीन छन्।

त्यस्तै, बलेफी गाउँपालिकाका २९, जुगलका १६, चौतारा साँगाचोकगढीका १४, सुनकोशीका १४, मेलम्चीका १२, त्रिपुरासुन्दरीका ५, हेलम्बुका ४ र लिसङ्खुपाखरका २ जना सम्पर्कविहीन रहेको प्रशासनले जनाएको छ।

प्रशासनका अनुसार सम्पर्कविहीनहरूको खोजी तथा अवस्थाबारे विवरण संकलन गर्ने कार्य भइरहेको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यसमेत जारी रहेको छ।

प्रकाशित मिति: शनिबार, भदौ १३, २०८३  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update