Harsamaya
कुन-कुन अस्पतालमा राखिएको छ मृतकको शव ?
शव संकलन गर्नै नेपाली सेना ।

काठमाडौं - भोटेकोशी बाढीपछि विभिन्न जिल्लाबाट फेला परेका ३९३ शव अस्पताल तथा अन्य सुरक्षित स्थानमा राखिएको छ।

उपलब्ध विवरणअनुसार रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, नवलपरासी पूर्व तथा पश्चिम र लुम्बिनीका विभिन्न अस्पतालमा शव राखिएका छन्। तीमध्ये केही शवको पहिचान भइसकेको छ भने केहीको पहिचान हुन बाँकी छ।

चितवनका विभिन्न अस्पताल तथा स्थानमा मात्रै ठूलो सङ्ख्यामा शव राखिएको विवरणमा उल्लेख छ। यस्तै, पोखराका विभिन्न अस्पताल, गोरखा, नवलपरासी, पाल्पा, रुपन्देही र कपिलवस्तुका अस्पतालमा समेत शव राखिएका छन्।

प्राप्त विवरणअनुसार ३९३ शवमध्ये पहिचान भएका र पहिचान हुन बाँकी शवको छुट्टाछुट्टै विवरण संकलन भइरहेको छ।

प्रशासन तथा सुरक्षाकर्मीले फेला परेका शव संकलन गरी सम्बन्धित स्थानमा पुर्‍याउने कार्यसमेत जारी राखेका छन्।

sab-rakhne-1787908684.jpg
 

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update