Harsamaya
मालपोत कार्यालय अगाडि नवजात शिशु फेला, प्रहरीले उद्धार गरी अस्पताल पुर्‍यायो
सांकेतिक तस्वीर: हर समय/Har Samaya

विराटनगर - मोरङको विराटनगर महानगरपालिका–७ स्थित मालपोत कार्यालय अगाडि नवजात शिशु फेला परेको छ। प्रहरीले शिशुको सकुशल उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएको छ।

आज बिहान मालपोत कार्यालय अगाडि करिब २–३ दिनको नवजात शिशु छोरा फेला परेको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले शिशुको उद्धार गरेको हो।

प्रहरीले उद्धार गरेको शिशुलाई उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्‍याइएको छ। अस्पतालका अनुसार हाल शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

प्रहरीका अनुसार शिशुलाई उक्त स्थानमा कसले र किन छाडेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। घटनाबारे थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, भदौ ८, २०८३  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update