Harsamaya
पृथ्वी राजमार्गमा पहिरो खस्दा एकतर्फी सडक अवरुद्ध
पृथ्वी राजमार्ग ।

तनहुँ - पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिरकनेमा माथिबाट पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको छ।

शनिबार बेलुका करिब ७ः४५ बजे माथिबाट खसेको पहिरोले राजमार्गको एक लेन अवरुद्ध भएको हो । पहिरोका कारण अर्को लेनबाट पनि सवारीसाधन आवतजावत गर्न कठिनाइ भएको प्रहरीले जनाएको छ।

पहिरोका कारण राजमार्गमा सवारीसाधन सञ्चालन प्रभावित बनेपछि जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको जनाएको छ।

पहिरो पन्छाउने काम सुरु नभएसम्म उक्त सडकखण्डमा सवारीसाधन चलाउँदा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।

प्रकाशित मिति: आइतबार, भदौ ७, २०८३  २१:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update