Harsamaya
गोरखामा बेवारिसे अवस्थामा पाँच थान भरुवा बन्दुक बरामद
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

गोरखा - गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले पाँच थान बेवारिसे भरुवा बन्दुक बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय आरुघाटबाट खटिएको प्रहरी टोलीले एसआरपी गस्ती गर्ने क्रममा चिहानडाँडा नजिकैको जंगलमा सल्लाका हाँगाले छोपेर राखिएको अवस्थामा एकनाले भरुवा बन्दुक पाँच थान फेला पारेको हो।

बरामदमध्ये एक थान बन्दुक भाँचिएको र चार थान खिया लागेको अवस्थामा रहेको प्रहरीले जनाएको छ।

बेवारिसे अवस्थामा फेला परेका बन्दुक कसले र के प्रयोजनका लागि राखेको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: शनिबार, भदौ ६, २०८३  २१:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update