Harsamaya
सिन्धुपाल्चोकका सरल सहयात्री बने बागमती प्रदेशको अर्थमन्त्री
सरल सहयात्री पौडेल ।

हेटौँडा - सिन्धुपाल्चोकबाट निर्वाचित प्रदेशसभा सदस्य एवं नेकपाका नेता सरल सहयात्री पौडेल बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् । 

सत्ता साझेदार दल नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच भएको मन्त्रालय बाँडफाँटको सहमतिअनुसार सहयात्रीलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको हो।

सहयात्री सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । नेकपाले पूर्वमाओवादी लडाकु कमाण्डरसमेत रहेका सहयात्रीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीसहित प्रदेश सरकारमा पठाएको पार्टीका संसदीय दलका नेता शालिकराम जम्कट्टेलले जानकारी दिए । 

बागमती प्रदेशमा एमालेले मुख्यमन्त्रीसहित दुई, नेकपाले दुई र राप्रपाले तीन मन्त्रालय लिने गरी सत्ता साझेदारीको सहमति भएको जनाइएको छ।

प्रकाशित मिति: बिहीबार, भदौ ४, २०८३  २०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update