Harsamaya
सुनको भाउमा एकैदिन ९ हजार ३०० रुपैयाँको उछाल
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा बिहीबार सुनको मूल्य एकैदिन तोलामा ९ हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बिहीबार प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन सुन प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । महासंघले चाँदीको मूल्य प्रतितोला २६० रुपैयाँले बढाएर ४ हजार ८५५ रुपैयाँ निर्धारण गरेको छ ।

अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ ४, २०८३  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update