Harsamaya
 पूर्वाधार विकास मन्त्री लम्सालको पिसाबमा संक्रमण
पूर्वाधार विकास मन्त्री सुनील लम्साल ।

काठमाडौं - उच्च ज्वरोका कारण बिरामी परेका पूर्वाधार विकास मन्त्री सुनील लम्साल स्वास्थ्य लाभ गरिरहेका छन्।

स्वास्थ्य अवस्था कमजोर भएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमण स्थगित गरी मन्त्री लम्साल आइतबार राति काठमाडौं फर्किएका हुन्। उनले गएराति छाउनी अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए।

उच्च ज्वरोसँगै शरीर दुख्ने र हिँडडुल गर्नसमेत कठिनाइ भएपछि परीक्षण गराउँदा पिसाबमा संक्रमण देखिएको जनाइएको छ। चिकित्सकले एन्टिबायोटिक औषधि सेवन गर्दै कम्तीमा पाँच दिन पूर्ण आराम गर्न सुझाव दिएका छन्।

हाल मन्त्री लम्साल चिकित्सकको सल्लाहअनुसार निवासमै आराम गरिरहेका छन्।

प्रकाशित मिति: सोमबार, भदौ १, २०८३  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update