Harsamaya
अटो दुर्घटना हुँदा एकको मृत्यु
सांकेतिक तस्वीर: हर समय/Har Samaya

अछाम - अछामको मंगलसेन नगरपालिका–५ मा अटो अनियन्त्रित भई सडकमा पल्टिँदा एक जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान करिब ११ः३० बजे लाछीमानाबाट मंगलसेनतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ह ६११३ नम्बरको अटो ओरालोमा अचानक अनियन्त्रित भई सडकमा पल्टिएको थियो।

दुर्घटनामा अटोमा सवार मंगलसेन नगरपालिका–३ लाछीमाना निवासी ४८ वर्षीय निर्प बोगटी घाइते भएका थिए। उनलाई उपचारका लागि जिल्ला अस्पताल मंगलसेन लगिएकोमा उपचारकै क्रममा दिउँसो १ः१० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: शनिबार, साउन ३०, २०८३  १६:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update