Harsamaya
मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु, दुई घाइते
सांकेतिक तस्वीर: हर समय/Har Samaya

कपिलवस्तु - नगरपालिका–७ धरमपनियामा बिग्रिएर सडक छेउमा बनाउँदै गरेको मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

तौलिहवा–भैरहवा सडकखण्डमा ना.६ ख ६४२३ नम्बरको टाटा मिनी ट्रकमा लु.८२ प ८६२८ नम्बरको १५० सीसी बजाज पल्सर मोटरसाइकल पछाडिबाट ठोक्किएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक शुद्धोधन गाउँपालिका–३ कटैयाभारीका २३ वर्षीय सन्तोष कहार गम्भीर घाइते भएका थिए। उनको जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा चिकित्सकले राति ११:१३ बजे मृत घोषणा गरेका हुन्।

मोटरसाइकलमा सवार कपिलवस्तु नगरपालिका–७ पिपरहवाका अन्दाजी ३२ वर्षीय शेषराम पासी र २५ वर्षीय दुर्गेश यादव घाइते भएका छन्। दुवै जनाको चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३  ०८:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update