Harsamaya
ब्रेक फेल हुँदा अटो दुर्घटना, चार जना घाइते
सांकेतिक तस्वीर: हर समय/Har Samaya

कालिकोट - कालिकोटको खाँडाचक्र नगरपालिका–७ मेलमा अटो दुर्घटना हुँदा चार जना घाइते भएका छन्।

पिलीबाट मान्मतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ह ११९४ नम्बरको अटो अचानक ब्रेक फेल भएपछि सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको हो। अटोमा चालकसहित पाँच जना सवार थिए।

दुर्घटनामा महाबै गाउँपालिका–५ का ३५ वर्षीय मंगल शाही, २५ वर्षीया सविना शाही, महाबै–६ की २६ वर्षीया प्रतिमा आचार्य र महाबै–५ का २९ वर्षीय कुलप्रसाद भट्टराई घाइते भएका छन्।

घाइते चारै जनालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल मान्म लगिएको छ। प्रहरीले अटो चालक खाँडाचक्र–७ पिलीका ४७ वर्षीय कृष्णबहादुर मल्ललाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: सोमबार, साउन २५, २०८३  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update