बसको ठक्करबाट चितवनमा पैदलयात्रीको मृत्यु
चितवन - चितवनको खैरहनी नगरपालिका–१ शाहीचोकमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
सोमबार बिहान पूर्व–पश्चिम राजमार्गमा महोत्तरीबाट काठमाडौं जाँदै गरेको बा.प्र. ०३–००१ ख २७२८ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका अन्दाजी ३५ वर्षीय पुरुषलाई प्रहरीले उद्धार गरी उपचारका लागि भरतपुरस्थित सरकारी अस्पताल पुर्याएको थियो । उनको बिहान ३ः१५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।
मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन । प्रहरीले बस र धादिङको नीलकण्ठ नगरपालिका–१४ का ४४ वर्षीय चालक जितेन्द्रबहादुर गुरुङलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: सोमबार, साउन २५, २०८३ ०७:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

