Harsamaya
औषधि लिमिटेडदेखि नेपाल एयरलाइन्ससम्म सकारात्मक नतिजा देखिन थालेको प्रधानमन्त्री शाहको दाबी
प्रधानमन्त्री बालेन्द्र शाह ।

काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाहले लामो सुरुदेखि नै राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः जीवन्त र प्रतिस्पर्धी बनाउन सहजीकरण, उत्प्रेरणा र समन्वयलाई प्राथमिकतामा राखेको बताएका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले समयदेखि बन्द रहेका तथा घाटामा सञ्चालन हुँदै आएका सरकारी उद्योग तथा संस्थानहरूमा सुधारका संकेत देखिन थालेको दाबी गरे ।

उनले भने, ‘नयाँ सरकारले शुरुदेखि नै राष्ट्रिय उद्योग र संस्थानहरूलाई कसरी पुनः जीवन्त र प्रतिस्पर्धी बनाउन सकिन्छ भनेर निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वयलाई प्राथमिकतामा राखेको छ । त्यही इमान्दार प्रयास, कानुन कार्यान्वयन र निरन्तरको “टिमवर्क” का कारण केही उद्योगमा आशालाग्दा परिणाम देखिन थालेका छन् ।’

उनका अनुसार नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँ बराबरको औषधि बिक्री गरेको छ । चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँ बराबरको औषधि बिक्री गर्ने लक्ष्य राखिएको छ ।

‘वर्षौंसम्म घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो ४ महिनामा २ करोड ३८ लाख रुपैयाँको औषधि बिक्री गरेको छ । विश्व स्वास्थ्य संगठनको “गुड म्यानुफ्याक्चरिङ प्राक्टिस” (जिएमपी) मापदण्ड प्राप्त गरेपछि औषधि बिक्रीमा बढोत्तरी आई गत आर्थिक वर्षमा ३ करोड रुपैयाँ नाफा आर्जन गर्न कम्पनी सफल भएको छ । चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँको औषधि बिक्री गर्ने लक्ष्य लिइएको छ,’ सामाजिक सञ्जालमा उल्लेख छ ।

उनल ेसरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअनुसार नेपाल औषधि लिमिटेडबाट आगामी तीन वर्षमा ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्य राखिएको बताए ।   

उनले भने, ‘सरकारले जारी गरेसदन गर्ने तयारी अन्तिम चरणमा छ को शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीमा लिमिटेडबाट आगामी ३ वर्षमा ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्य लिइएको छ । सोही लक्ष्यअनुरुप यस वर्ष ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य लिइएकामा २५ प्रकारका औषधिको उत्पादन गर्ने तयारी अन्तिम चरणमा छ ।’

प्रधानमन्त्री शाहले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको बताए । तान ‘लुम’ मर्मतपछि परीक्षण उत्पादन सुरु भइसकेको र केही मात्रामा कपडा उत्पादनसमेत भइरहेको उनले बताए । परीक्षणपछि उद्योग नेपाल सरकारले नै सञ्चालन गर्ने तयारी रहेको जानकारी दिए ।

नेपाल वायुसेवा निगमको आम्दानीमा समेत सुधार आएको प्रधानमन्त्रीको बताए । उनका अनुसार गत आर्थिक वर्षको चैतदेखि असारसम्म निगमले ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको थियो । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँ बढी हो ।

उनले उक्त अवधिमा नेपाल एयरलाइन्सको सीट उपयोगिता अर्थात् अकुपेन्सी ८६ प्रतिशत पुगेको बताए । उनका अनुुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ६ प्रतिशत बढी रहेको छ । जहाज खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिइएको ऋणबापत १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्तासमेत यही अवधिमा भुक्तानी गरिएको प्रधानमन्त्रीले बताए । 

त्यस्तै, दुग्ध विकास संस्थान (डीडीसी) मा किसानको रोकिएको बक्यौता भुक्तानीलाई प्राथमिकता दिइएको उनले बताए । उनले किसानको भुक्तानी चक्र आठ महिनाबाट घटाएर दुईदेखि तीन महिनामा झारिएको उल्लेख गरे । यसअघि करिब ७२ करोड रुपैयाँ रहेको भुक्तानी चक्रलाई अहिले करिब ३५ करोड रुपैयाँमा सीमित गरिएको उनले बताए ।

प्रकाशित मिति: शनिबार, साउन २३, २०८३  ०९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update