काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोकको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा माया गुरुङ निर्वाचित भएकी छन्।
मतपरिणामअनुसार अध्यक्ष पदमा माया गुरुङले १८५ मत प्राप्त गर्दै विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी कमला खड्काले ८९ मत प्राप्त गरिन्। अन्य उम्मेदवारमध्ये कुमार श्रेष्ठले २०, पासाङ तामाङले १२ र दिलराम श्रेष्ठले २ मत प्राप्त गरे।
उपाध्यक्षमा सरोज श्रेष्ठ १२२ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी मुके शेर्पाले ८६ र निमा याङ्छेन लामाले ६५ मत पाए।
सह–सचिवमा विदुर खड्का १२२ मतसहित निर्वाचित भए भने दोर्जे तामाङले ५६ मत प्राप्त गरे।
यस्तै, सदस्य पदमा गोकर्ण विक्रम सिलवाल, भुपेन्द्र बागियाँ क्षेत्री, पास तेन्जी शेर्पा, नन्दलाल श्रेष्ठ, नमराज भट्टराई, दिपेन्द्र स्याङ्बो तामाङ, संसार श्रेष्ठ र प्रदीप सिलवाल निर्वाचित भएका छन्।
मतगणना सम्पन्न भएसँगै निर्वाचित पदाधिकारी तथा सदस्यहरूको औपचारिक घोषणा गरिएको छ।


